सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्ग अन्तर्गत पर्ने टोलीखोला पुलबाट हाम फालेका एक व्यक्तिको मृत्यु भएको छ । पुलबाट फालेको दैलेखको आठबीस नगरपालिका–३ बस्ने वर्ष ३८ का दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।
कार्की नेपालगञ्जबाट कर्णाली प्रदेश २४७ नम्बरको बसमा सुर्खेत आउँदै थिए । बस टोली खोला पुल नजिकै खाना खान रोकिएको थियो । सोही क्रममा उनीले हाम फालेको घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।घाइते उनलाई छिन्चुमा सामान्य उपचार पंश्चात प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको थियो ।
उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा सोमवार मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले प्रहरीले गाडी र चालक अछामको तुर्माखाँद गाउँपालिका–३ का २७ वर्षीय प्रेम नेपालीलाई पक्राउ गरेको छ ।