२०८१ माघ २७ गते सोमवार

महिला नेतृत्व लिंदै योञ्जन निर्वाचित



विनोद मण्डल, असाेज २९ । सिरहाको धनगढीमाई नगरपालिकाकी मनिता योञ्जन नेतृत्व पंक्तिमा आगाडी आउनु भएको छ । समाजका यथार्त बुझेका उनले विगतका दिनहरूदेखि सामाजिक कार्यमा बढी सक्रिय भई देखा परिरहेको छ । गरिबका आवाज बन्दै महिलाहरुको सशक्तिकरणमा विशेष ध्यान केन्द्रित भएर राजनीतिक यात्रामा प्रवेश गरेका योञ्जन राजनीतिक क्षबिका धनी मानिन्छन् । हालै जनकपुरमा सम्पन्न नेकपा एमालेको मधेश प्रदेशको एतिहासिक प्रथम अधिवेशनबाट सर्वसम्मत प्रदेश कमिटी सदस्यमा मनिता योन्जन निर्वाचित भएको अवस्था रहेको छ । निर्वाचित योञ्जनले विगतका दिनहरूमा धनगढीमाई नगरपालिका वडा नं १३ की एक विपन्न महिलाको घरको समस्यालाई बुझेर उनलाई सहयोग पुर्याउनका लागि महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । स्थानिय स्तरमा योञ्जनले महिलाको आवाज बनेर विभिन्न सामाजिक मुद्दाहरू उठाउँदै आएका हुन् । एमालेको हालैको अधिवेशनबाट सिराहा जिल्ला बाट सदस्य पदमा निर्वाचित भएपछि खुशीयाली क्षणको महसुस गरिएको छ । साहासिक महिलाको रुपमा परिचित योञ्जन स्पस्ट वक्ता ,बौद्धिक क्षमताका धनी र आम विपन्न ,गरिब , उत्पीडन तथा उपेक्षित जनताको पक्षमा बुलन्द आवाज उठाउने साहासिक महिला योञ्जनलाई बधाई दिएका छन् आम जनताले ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार