२०८१ माघ ५ गते आइतवार

सडकको अवस्था जीर्ण , निकाय विवादमा व्यस्त



विनोद मण्डल, असाेज २६ । सिरहाको कल्याणपुर नगरपालिकाको ग्रामीण सडकको अवस्था जर्जर भइरहँदा पनि निकाय आपसी विवादमा अल्झिएको छ ।

कल्याणपुर नगरपालिका स्थित मिर्चैया कल्यानपुर सडक हुँदै सिरहा जाने सडकको बीचमा आहाल खेल्ने स्थितिको सिर्जना भएपनि निकाय मौन दर्शक बनिरहेको छ ।

वर्षाको भेलले सडकलाई पोखरीमा परिणत गरेपछि सडकमा आवत जावतमा निक्कै सास्ती र कठिनाई भैरहेको अवस्था रहेको छ ।

सडकमा पोखरी झै देखिने दृश्यले आम जनताको सास्ती बोल्दै गर्दा पनि निकाय आपसी विवादमा अल्झिएको वर्तमान घडीमा सडकको चिन्ता कुनै पनि प्रशासनिक निकायलाई नहुनु चिन्ताको विषय हो ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार