
विनोद मण्डल , असाेज २६
सिरहाको धनगढीमाई ११ स्थित रहेको स्थानिय छपराडी बजारको अवस्था जर्जर रहेको छ ।
स्थानिय निकायले बजारबाट प्राप्त हुने राजस्व रकम साप्ताहिक बजारबाट संकलन गरेपनि हालसम्म बजारको अवस्थामा कुनै सुधार देखिएको छैन ।
बजारमा किनमेलको लागि आउने सेवाग्राहीलाई सास्ती हुने गरी बजारमा रहेको हिलो , खाल्डोले सास्ती भईरहँदा पनि स्थानिय निकाय दर्शक बनेर परिस्थितिलाई नजर अन्दाज गरिरहेका छन ।
बजार स्थित रहेको माछा बजार एरियाको अवस्था बिग्रिएको एकातिर देखिन्छ भने अर्कोतिर बजारको उत्तर तर्फको दाया बायाको अवस्था समेत जर्जर भएको छ ।
बजारको अवस्था हिलाम्मे भएपनि हालसम्म विकाशको भाषण ठाउँ ठाउँमा दिँदै आएका जनप्रतिनिधिहरुको बेइमानी पनले गर्दा एक टिप ग्रावेल सम्म हाल्न नजानेका जनप्रतिनिधिको एकल निर्णयको कारण बजारको अवस्था जर्जर देखिएको छ ।
पूर्व पश्चिम राजमार्ग स्थित रहेको छपराडी बजार पुरानो बजारहरु मध्येको एक हो ।
स्थानिय स्तरमा उत्पादन भएका तरकारी जन्य बालिका लागि बिक्री वितरणका लागि कहलिएका यस बजारको हालतप्रती स्थानिय जनप्रतिनिधि बेखर रहनु उनमा अदुरदर्शिता रहेको स्पष्ट बुझ्न सकिन्छ ।