२०८० मङ्सिर २५ गते सोमवार

गेष्ट हाउसमा एकजना युवती मृत फेला



असाेज २५ सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एकजना युवती मृत फेला परेकी छन्।

ललितपुर इमाडोल घर भएकी २० वर्षीया भूमिका राउत सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । भूमिका असोज ८ देखि सो गेष्ट हाउसमा बस्दै आएकी थिइन् ।

प्रहरीको अनुसार आइतबार उनीसँगै बसेका युवक पैसा सकिएको भन्दै पैसा लिन घर गएका थिए । उनी फर्किएर आउँदा कोठा भित्रबाट लक थियो । प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी कोठामा लडिरहेकी थिइन । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार