२०८१ चैत्र १ गते आइतवार

क्यान्सर पीडित श्रीमतीको जीवनरक्षाका लागि सहयोगी हात खोज्दै श्रीमान



असाेज २३ तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ अक्कासी धमरपुरकी लक्ष्मी बिक अहिले ५३ वर्षकी हुनुुभयो । सामान्य दलित परिवारकी बिकको गत माघमा घाँटीमा सामन्य समस्या देखा प¥यो । आर्थिक अभावका कारण सामान्य समस्या चेकजाँच र उपचार समेत गराउन पाउनुु भएन । समय बित्दै जादाँ घाँटीमा देखा परेको सामान्य समस्या क्यान्सर जस्तो प्राणघातक रोगमा रुपमा बल्झियो ।

जसले उहाँको परिवारमा पुरै सन्नटा छायो । एैलानी जग्गामा बसोबास गर्दै आइरहेका बिकको परिवारको क्यान्सर रोगको उपचार मृत्युलाई पर्खनुु बाहेक अर्काे बिकल्प केही थिएन । तर आफन्तहरु सहयोगमा बिकको उपचारका लागि श्रीमान टेक बहादुर बिकले भारतको चण्डीगढसम्म पुु¥याउनुुभयो ।

अहिले उपचारका लागि क्यान्सर पीडित बिक भारतमै आफन्तको बसोबास गर्दै आइरहनुु भएको छ । तर उपचारका लागि पैसा नहुुदा समस्या परेको श्रीमान टेक बहादुर बिकले बताउनुुहुन्छ । बिकले भन्नुुभयो–‘ पैसा छैन , आफन्तको छोडेर आएको छुु । श्रीमतीको उपचारका लागि कसैले सहयोग गरे पैसा लिएर जान्थ्ये , श्रीमतीलाई उपचार गराई आउथे । ’ श्रीमान टेक बहादुर श्रीमतीको उपचारका लागि अहिले सहयोगी हातको खोजीमा भौतारिरहनुुभएको छ । श्रीमतीको उपचारका लागि श्रीमान टेक बहादुर बिकले कुमारी बैंकको टेक बहादुर कामीको नाममा रहेको खाता नं. १३९००९२५१२४००००२ रकम जम्मा गर्न र आफ्नो मोवाईल नं. ९७६६८८८०६२ सम्पर्क गरि क्यान्सर पीडित श्रीमतीको जीवनरक्षामा सहयोग गरिदिन सहयोगी दाताहरुसँग समेत अपिल गर्नुुभयो भएको छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार