२०८२ बैशाख ४ गते शुक्रवार

त्रिवेणी गाउँपालिकाको वार्षिक प्रगति समिक्षा सम्पन्न



 बुधबार, असोज १७, २०८०

रोल्पा । त्रिवेणी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरको छ । मङ्गलवार एक कार्यक्रमकाबीच पालिकाको बहुउद्देश्यीय सभाहलमा बिभिन्न शाखाका प्रमुख,७ वटै वडाका सचिवहरुले गत वर्ष गरेको वार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो  ।

गाउँपालिकामा गत वर्ष ६८ करोड ११ लाख ६५ हजार सात सय ४०.५५ रुपैयाँ बिनियोजन भएको थियो । जसमध्ये ८४.१८ प्रतिशत खर्च भएको  थियो ,जसमा पुँजीतर्फ ८०.९५ प्रतिशत र चालुतर्फ ८६.१५ प्रतिशत रकम  खर्च भएको त्रिवेणी गाउँपालिका सुचना अधिकारी भरत डि:सिले जानकारी दिनुभयो ।

 उक्त गाउँपालिकाको खर्च नभएको रकम ३ करोड ४४ लाख ७८ हजार ९ सय २४.६७ रुपैया फ्रिज भएको  छ । पालिकामा सञ्चालन भएको ३६७ वटा योजना र कार्यक्रमहरु मध्ये ३६३ वटा सम्पन्न भएका छन् ।

  पालिका भित्रका योजनाहरुलाई थप प्रभाबकारी बनाउदै लैजाने पालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले बताउनुभयो । उहाँले आगामि दिनहरुमा सवैको सल्लाह अनुसार काम गर्ने र बिगतका कमि कमजोरीलाई सुधार्दै लैजाने पनि बताउनुभएको थियोे ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लेखमणी डाँगी, प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराई , वडाका वडाध्यक्ष, गाउँकार्यपालिका सदस्य,वडा सदस्य ,कर्मचारी लगायतको उपस्थिति रहेको थियोे  । 

   उक्त गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन पनि सुरु गरिसकेको बताएको छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार