२०८० मङ्सिर २५ गते सोमवार

ऊर्जाशील युवा नै ‘कर्मसँगै बर्मा’ जाने बाटो किन रोज्दैछ :करण कुवर



करण कुवर असाेज १३
आफ्नै भविष्य बनाउन यहीं रगत–पसिना बगाउनुपर्ने यो ऊर्जाशील युवा नै ‘कर्मसँगै बर्मा’ जाने बाटो किन रोज्दैछ ? यिनलाई आश जगाउनुपर्ने नेपाली समाजको अगुवा वर्ग कहाँ बरालिएको छ ? यी र यस्ता पेचिला प्रश्न छन् जसको समय छँदै जवाफ नखोज्ने हो भने नेपाली समाजले युवा पलायनको बाटो हुँदै निकट भविष्यमा समाजकै विघटनको यात्रा तय गर्न सक्छ ।
धेरै युवालाई नेपालमा केही अवसर छैन भन्ने लाग्छ । त्यसैले यतिखेर युवा गाउँ वस्न चाहदैनन्, शहर भित्रिन्छन् । शहरमा पनि अडिदैनन् विदेश भासिन्छन् । विदेशिनुका खास कारणहरु छन् । नेपाल वस्न नचाहनु वा नसक्नुका पनि खास कारणहरु छन् । नेपाली समाजलाई । नव उदारवादी अर्थनीतिलाई अंगिकार गर्दा गर्दै नेपालको आफ्नो भन्ने सबै कुरा सक्दै लगिएको छ भने नयाँ स्थापना गर्न सकिएको छैन । बासवारी छाला जुत्ता कारखाना, हेटौडा कपडा उद्योग, हिमाल सिमेन्ट त्यसका केहि उदाहरण मात्रै हुन ।
अर्कोतिर नेपाली युवा विदेशिदा गाउँको खेतबारी बाझिदै गएका छन् । खेती किसानी गर्ने र मर्दापर्दा चाहिने मानिस यतिखेर गाउँमा छ्रैनन् । तर एउटा रोचक कुरा के देखिन्छ भने नेपालमा कामले पर्याप्त कामदार पाईरहेको छैन । शहरमा कामदारको अभाव छ । कसैले घर बनाउन लागेको छ भने ग्रिलको काम गर्ने, फर्निचरको काम गर्ने, विजुलीको काम गर्ने, रंगरोगनको काम गर्ने मानिस नपाउँदा महिनौसम्म काम लम्बिरहेको छ ।
समयमा सोच्चाै युवालाई नेपालमै रोजगारी सिर्जना गरौ?

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार