२०८१ माघ २४ गते शुक्रवार

अवैध सामान पाल्पा प्रहरीले गरे बरामद



विनोद मण्डल असाेज १३सिराहा । पाल्पा प्रहरीले राजस्व छली गरेको सामान बरामद गरेको छ ।

बिहान करिब १०:३० बजेको समयमा पाल्पाको तिनाउ गा.पा. को ३ निकासी स्थित सिद्दार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१०२५ च १९८७ नम्बरको पिक अप भ्यानलाई प्रहरी चौकी दोभानले चेकजाँच गर्ने क्रममा बिल भौचर नभएको अन्दाजी मुल्य रु.८७,६६०/-(सतासी हजार छ सय साठी) मूल्य बराबरको क्याटिक सोडा ८ बोरा, टायल किलिनर ४०१ पिस ,फिनेल ७४ पिस, हार्पिक २० पिस सामानहरु बरामद गरेको छ ।

चेक जाँचको क्रममा प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको प्रहरीले जनाएको छ ।
त्यस्तै आज करिब अन्दाजी १५:४५ बजेको समयमा तानसेन न.पा. ६ बसपार्कबाट खटिएको प्रहरी टोलीले बुटवल देखि पाल्पातर्फ आउँदै गरेको लु ३ च १०७० नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा बिल भौचर नभएको प्लाष्टिकबाट बनेका अन्दाजी मुल्य रु. १,८८,२००।–(एक लाख अठासी हजार दुई सय)बराबरको सामानहरु बरामद गरी चालक र सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार