विनोद मण्डल, असाेज १३। वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ सकिए लगत्तै हावाहुरी सँगै वर्षा शुरू भएको छ ।
आज बिहान करिब ११ बजेर ४३ मिनेटको समयमा आएको हावा हुरी सँगै सिमसिम वर्षा भइरहेको छ ।
सिरहाका सदरमुकाम लगाएत विभिन्न ठाउँहरुमा सिमसिम वर्षा भइरहेको अवस्था छ ।
किसानको खेतमा पानी नभएको अवस्था र खेतमा लगाईएको धान बाली फुट्न लागेको अवस्थामा परिरहेको पानीले धान फल्नमा मदत पुग्ने किसानहरू बताउँछन् ।
मनसुनको ढिलो सुरुवातको कारणले किसानहरू चिंतित भइरहेको अवस्थामा यसरी पानी पर्नाले उब्जनिमा सकारात्मक प्रभाव पर्ने माटो अभियानी बद्री महतो बताउनुहुन्छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव परेको अवस्थामा पानी खेतमा नटिक्ने अवस्था एकातिर पाईन्छ भने अर्कोतिर प्रचण्ड गर्मीको मार खेप्दै आएका आम मानिसको दैनिकीमा वर्षाले सकारात्मक प्रभाव परेको छ ।
यस वर्षाले गर्मी घटेर जाडो यामको शुरुवात हुने आम बुझाई रहेको पाइन्छ ।