२०८१ असोज २७ गते सोमवार

भनेजति ‘इन्टरनेट स्पीड’ नदिने उपभोक्ताहरुलाई व्यापक ठगी गर्दै सुबिसु केबल नेट गौर



गौर, रौतहट असोज ९ गते

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट उपभोक्तालाई व्यापक ठगी गरिरहेको छ । चन्दन महतोले सुबिसु केबल नेटइन्टरनेट सेवा लिए । विभिन्न प्याकेज अन्तर्गत उनले ६५ एमबीपीएस गतिको इन्टरनेट सुविधा लिएका छन् ।तर, इन्टरनेटको गति भने कहिले १ तह कहिले ५ एमबीपीएस गतिको डाउनलोड सेवा प्रवाह गरिरहेको छ । यसबारे गुनासो गर्दा सुबीसु गौर ब्रांचले कुनै ‘रेस्पोन्स’ नै नगर्ने गरेको महतोको गुनासो छ ।जुन गतिको इन्टरनेट दिन्छु भनेर उनले सेवा लिएका थिए, उक्त इन्टरनेटको गति पनि घट्दै गयो । यस विषयमा सरोकारवालाहरुले कुनै चासो नदिएको र उपभोक्ताहरुले पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको उनको वताउनु भएको छ । सेवा प्रवाहमा यस्तो लापरबाही गरिरहेका छन् । यस्तो इन्टरनेट सेवा प्रदान गर्नेको लाइसेन्स नै खारेज गर्नुपर्ने उनको माग छ ।यस्तो ठगी दुई तरिकाले भइरहेको छ । जसमा पहिलो, कबुल गरेको इन्टरनेटको गति एक चौथाइ पनि नदिने र दोस्रो समयमा मर्मत नहुने रहेका छन् ।अहिले धेरै जसो इन्टरनेट सेवा प्रदायकले सम्झौता जतिको इन्टरनेट स्पीड पाएका छैनन् । कम्पनीले ‘फाष्ट इन्टरनेट’को पैसा उठाएपनि इन्टरनेटको गति भने सुस्त हुने समस्याले सेवाग्राहीहरु प्रताडीत छन् ।ग्राहकलाई कबुल गरिएजत्तिको ‘इन्टरनेट स्पीड’ नदिने सेवा प्रदायक कम्पनीलाई सरकारले काहिले कारवाही गर्छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार