
असाेज ५
बैंग्लुरु । भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन् । प्रहरीका अनुसार उनीहरू केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका
उक्त परिवारलाई पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडी बनाइएको थियो । अक्सिजनको कमी उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार