२०८१ बैशाख ९ गते आइतवार

दाङको तुलसीपुरमा युवकमाथि खुकुरी प्रहार



असाेज ०५

दाङको तुलसीपुरमा युवकमाथि खुकुरी प्रहार भएको छ । विहीबार राति १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित दुई युवा बिच विवादपछि खुकुरी प्रहार भएको छ
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीका अनुसार खुकुरी प्रहारबाट तुलसीपुर १३ बखरिया निवासी ३४ वर्षीय रणदेब बस्नेत घाईते भएका छन् ।
हातमा गहिरो चोट लागेका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको बताएको छ
खुकुरी प्रहार गर्नेमा तुलसीपुर १० राइखल्यान निवासी २८ वर्षीय राममणी चौधरीलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भैईरहेकाे छ ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार