२०८० फाल्गुन ९ गते बुधवार

केही मुक्तकहरु : कृष्ण केसी



      ~मुक्तक✍️ 

जन्मिएँ म वीर सहिदको रगतले
पुज्दछन् सच्चा नेपाली जगतले
पीडित बर्गमा म पनि छु किनकि
बदनाम गराए बिदेशीका भगतले
~मुक्तक✍️
सिरानिमा अरुले लगाएको कपडा राख्दा सपना नराम्रो देखिन्छ
भन्ने गाउमा!सहर आएपछी थाहा भयो एहा त रोडको छेउमा चप्पलको सिरानिले पनि मीठो निन्द्रा र सपनी दिदो रहेछ
✍️ ~मुक्तक✍️
भबिस्य बनाउन बिदेश नै जानुपर्ने रहेछ त
आस्थाको लागि मन्दिर बनाउनु भन्दा गन्तब्यको लागि एअरपोर्ट बनाइदेउ सरकार
✍️ ~मुक्तक✍️
टाढा जान खोज्नेहरूलाई टाढा नै जान दिनूपर्छ
किनकी कर गर्दा र भर पर्दा आफ्ना नभएका मान्छे कहिल्यै आफ्नो हुदैनन् ।।
✍️ ~गजल
नखानु थियो धोका खाए के फरक पर्छ
यस्तै हो जिबन मुस्कुराए के फरक पर्छ

सपनिमा देखे पनि हेरिन्छ धित मरुन्जेल
बिपनिमा तिमिलाई नपाए के फरक पर्छ

चम्केको दीप चम्किरहन्छ तेल थप्दै गए
टुटेको मन जोडिन्छ जुटाए के फरक पर्छ

सँधै दौडिन नसके पनि सक्नुपर्छ हिड्न
बटुवा पनि त रम्छ रमाए के फरक पर्छ

थाहा हुन्छ समयको ढुकढुकि बदलिएको
जान अन्जानमै सम्झेर आए के फरक पर्छ!)
~मुक्तक✍️
✍️ अरुलाइ रुवाएर हास्न नपरोस
गलत बिचार मनमा साच्न नपरोस
सहि बाटो हिड्न सिकाइदेउ भगवान
शिर झुकाएर बाच्न नपरोस !!

        ~मुक्तक✍️

✍️ आगोको झिल्कामा मट्टितेल राखियो
दूवैलाइ मिलाइयो र नाम पिरती राखियो
तिमिले पर पुगेपछि यसरी फर्केर हेर्यो
लाग्यो काटेको घाउमा ओखती राखियो!)
~मुक्तक✍️
✍️ म लडेको छु
तर म कम्जोर भएको छैन।।
म थाकेको छु
तर हिम्मत हारेको छैन।।
थाहा छ गन्तव्य टाढा छ
तर आत्मविश्वास टुटेको छैन।।
~मुक्तक✍️
✍️ सिरानिमा अरुले लगाएको कपडा राख्दा सपना नराम्रो देखिन्छ भन्ने गाउमा
सहर आएपछी थाहा भयो एहा त रोडको छेउमा चप्पलको सिरानिले पनि मीठो निन्द्रा र सपनी दिदो रहेछ
मुक्तक✍️
✍️ हरेक दिन जिन्दगीको नयाँ पाना पल्टाउन तयार छु तर प्रत्येक पानामा तिम्रै कथा हुनुपर्छ नि आमा

लेखक: कृष्ण के:सि
तुल्सिपुर उपमहानगरपालिका वडा ३ दाङ
बाँकी आको श्रृंखलामा
धन्यवाद

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार