२०८१ असार १२ गते मङ्गलवार

दाङमा मकैबारीमा लगाएको आगोमा परी एक महिला जलेर गम्भीर घाइते भएकी छन् ।



असाेज ०१ गाउँपालिका-७ मलैका ४५ वर्षीया लिला गिरी आफ्नै बारीमा मकैको ढोड जलाउन बालेको आगोमा परी गम्भीर घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले घाइते गिरीको बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

प्रहरीका अनुसार घटना हिजो दिउँसो आइतबार ३ बजेतिर भएको हो । छारे रोगी समेत रहेका गिरी एक्कासी लडेर मकैका ढोडमा लगाएको आगोमा पर्नुभएको हो । उहाँको अनुहार र खुट्टामा जलनबाट घाउहरू बनेको प्रहरीले जनाएको छ ।

घाइते गिरीलाई आइतबार बेलुका पौने ८ बजे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो ।

आगोले पोलेका बिरामीको उपचार गर्ने अस्पताल जिल्ला मा नरहेको हुँदा प्रारम्भीक उपचारपछि तत्काल गिरीलाई बाँकेको भेरी अस्पतालमा रिफर गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार