२०८१ बैशाख १ गते शनिवार

दाङ उबासंघको चुनाव : कांग्रेसले पदाधिकारी टुङ्ग्यायो




दाङ भदौ २९

यहि असोज १३ गते हुने दाङ जिल्ला उद्याेग बाणिज्य संघको चुनाबको लागि कांग्रेसले करिब-करिब पदाधिकारी टुङ्गयाएको छ । कांग्रेसको स्रोतका अनुसार संघको बरिष्ठ उपाध्यक्षको उम्मेद्वारमा कांग्रेसले नरेश श्रेष्ठलाई अघि बढाउने भएको छ भने उद्याेग उपाध्यक्षमा भरत रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्कालाई अघि बढाउने तयारी गरेको छ । कोषाध्यक्ष र सदस्यको उम्मेद्वार आज टुङ्गाे लगाईने कांग्रेसले जनाएको छ । यसअघि संघकोतर्फबाट महासचिबमा जगत आचार्य र मिनराज भाटले दाबी गरेपनि सहमतिमा महासचिबमा माओबादिले पाउने भएपछि अहिलेकै महासचिब महेन्द्र बुढाथोकी उम्मेद्वार बन्न लागेका छन । पदाधिकारिमा कांग्रेसबाट उपाध्यक्षका लागि छबिनारायण गिरिले पनि दाबी गरेका थिए । गिरिले अघिल्लो पटक आफुले दाबी छोडेकाले यसपाली आफुले टिकट पाउनुपर्ने मत राखेका थिए । पदाधिकारीको टुङ्गाे लगाउने जिम्मा हालका संघका बर्तमान अध्यक्ष टंक सिंह बुढाथोकीलाई थियो । यो समाचार तयार पार्दासम्म कांग्रेसले टुङ्ग्याएका पदाधिकारी र सदस्यहरुको नाम सार्बजनिक गरेको छैन ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार