२०८१ बैशाख १ गते शनिवार

अमरगढी नगरपालिका–१ का वडासचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला



अमरगढी नगरपालिका–१ का वडासचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन्। बैतडीको पाटन नगरपालिका १ घर भएका ५८ वर्षीय पन्त मंगलबार बिहान अमरगढी नगरपालिकाकै स्याउले नजिक खाल्डोमा मृत भेटिएका हुन्।

पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।
शव डडेल्धुरा अस्पतालमा लगिएको छ भने घटनाको अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार