भदौ २५ साेमबार
भारतको हिमाचल प्रदेशमा टिप्पर दुर्घटना हुदा तिन जना नेपालीको ज्यान गएको छ भने ५ जना घाईते भएका छन । कामबाट फर्किने क्रममा टिप्पर दुर्घटना हुदा तिन जनाको ज्यान गएको हो ।ज्यान जानेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ११ का जय बहादुर बुढा र डिल बहादुर सुनार , रोल्पाका दिनेश कुमार रहेको त्यहाबाट लक्ष्मण बुढामगरले हामिलाई जनकारि दिनुभएको छ । घाईते हुनेमा आठविसकोट ११ का तिलक बुढा, खली बुढा, कर्ण सिङ सुनार, सुर्खेतका पदम थापा र एक भारतिय युवा रहेको प्रतक्षदर्शि बुढामगरले बताउनुभएको छ । मृतक तथा घाइते रोजगारिको सिलसिलामा भारत गएका बताइएको छ । दुर्घटना हिजो बेलुका तिर भएको र थप विवरण आउन वाकि रहेको छ ।
प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार








