दाङ, भदौ २४ । भर्खरै सरुवा भई दाङ आएका जिल्ला प्रहरी प्रमुख रामबहादुर केसिले अपराध न्युनिकरणमा सन्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने भन्दै सुचना आदान प्रदानमा सहयोग गर्न आग्रह गरेका छन । आज जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै एसपि केसिले दाङमा लागु औषध, आत्महत्या लगायतका घटनाहरु बढ्दो अबस्थामा रहेकाले सबै मिलेर सचेतना मुलक कार्यक्रम सन्चालन गरेर अपराध न्युनीकरण गर्नु पर्नेमा जोड दिए । कानुन कार्यान्वयन गर्ने कुरामा कसैसंग सम्झौता नहुने बताउदै कानुन उलङ्घन गर्ने जो कोहि पनि कानुनि दायरामा आउने केसिको भनाई छ । जिल्लाको शान्ती सुरक्षा कायम गर्न प्रहरीको एक्लो प्रयासले मात्रै सम्भब नहुने उल्लेख गर्दै एसपि केसिले नागरिक र प्रहरी हातेमालो गरेर सुचना आदान प्रदानबाट नै अपराध नियन्त्रण र रोकथाम गर्न सकिने बताए । उनले कामबाट आफ्ना योजनाहरु कार्यान्वयन गर्दै जाने भन्दै पत्रकारलाई सहि र तथ्यगत सुचना दिन प्रहरीले कुनै कन्जुस्याई नगर्ने र सबैको पहुँच हुने गरि बाताबरण निर्माण गरिने बताए । गौतम बुद्ध बिमानस्थल रुपन्देहिबाट हालै मात्रै सरुवा भइ केसि दाङ आएका हुन । त्यस्तै डिएसपि जनकराज मल्लले पनि सुचनाको पहुँच सबैलाई हुने भन्दै जिल्लाका बिकृती र बिसङ्गती नियन्त्रण गर्न प्रहरी सदैब तयार रहेको बताए । सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसिले प्रहरीले सहि सुचना समयमै दिनु पर्ने पत्रकारको अपेक्षा रहेको बताए ।
प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार