२०८१ बैशाख १ गते शनिवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु २ घाइते



भदौ २३ भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा दुई जना घाइते भएका छन शुक्रबार राति सूर्य विनायक नगरपालिका-८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२-०२३ प २८५९ र प्रदेश नं ३ -०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् । अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् घाइते दुवै जनाको मध् अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी भक्तपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार