२०८० फाल्गुन ९ गते बुधवार

युथ्स अफ तुलसीपुरले निशुल्क एसिया कप ड्रिम्स पार्टि प्यालेसमा



भदाै १३

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२३ को प्रत्यक्ष प्रशारण दाङ तुलसीपुरबाट निशुल्क गरिने भएको छ । वर्डलिंक कम्युनिकेशन लिमिटेड तुलसीपुर शाखाको प्रयोजन तथा युथ्स अफ तुलसीपुरको आयोजनामा तुलसीपुर ६ स्थित ड्रिम्स पार्टि प्यालेसमा एसिया कप
निशुल्क प्रशारण गर्ने युथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए ।ु

वर्डलिंक कम्युनिकेशन तुलसीपुर शाखाका सेल्स सुपरभाईजर सुरेश थापाले नेपालले पहिलो पटक ऎतिहासिक सहभागीता जनाउन लागेको उपलक्ष्यमा प्रोजेक्टर मार्फत खेल देखाउन लागेको बताए । तुलसीपुर क्षेत्रका क्रिकेटप्रेमीहरुलाई मध्यनजर गर्दै युथ्स अफ तुलसीपुरले खेल प्रशारणको आयोजना तथा व्यवस्थापन गर्न लागेको युथ्स अफ तुलसीपुर अध्यक्ष अरुण लहरेले बताउनु भएको छ एसिया कपका सबै खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बज हुनेछ

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार