
पाल्पा, १३ भदौ । पाल्पामा गुडिरहेको स्कार्पियो जीपमा एक्कासि ढुङ्गा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।दुर्घटनामा परेर घटनास्थलमै मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नंं. ७ की ५० बर्षिया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवलदार अन्दाजी बर्ष ३२ का यम बहादुर गोदार र पोखरा महानगरपालिका वडा नंं २५ का विनोद तिम्सीना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी विरेन्द्र थापाले जानकारी दिनुभयो ।
बुधबार बिहान गुल्मीको सदरमुकाम तम्घासबाट बुटवलको लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा गुडिरहेको सवारीमा ढुङ्गा खसेको हो । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भैईरहेकाे छ
प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार