
विनोद मण्डल, भदौ ९ । सिरहाको लहान नगरपालिकाको वडा नं २४ झुटकी घर भएका ३५ वर्षिय शिवनारायण यादवको शव बलान नदीमा फेला परेको छ ।
अविरल वर्षाको कारण सर्रे खोलामा आएको बाढीमा दाउरा छान्ने मनसायले खोलामा पुगेका खुट्टा सम्बन्धी अपाङ्ग रहेका उनलाई झुटकी स्थित सररे खोलाको बाढीले बगाएको थियो ।
लहानको मानिक दह झुटकी घर भएका यादवको शव सखुवाननकारकट्टी वाडा नंबर ५ कल्याणपुर गाउँको पूर्वमा रहेको बलान खोलाको पछिमि छेउमा स्थानीयले देखेपछि प्रहरीमा खवर गरेका थिए ।
घोप्टो अवस्थाको शवलाई उनका अन्दाजी १८ वर्षिय भाई सुरज यादवले पहिचान गरेपछि पोस्ट मार्डमका लागि प्रादेशिक अस्पताल लहानमा लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मृतक यादवको तीन छोरा छोरी मध्ये दुई नावालक ८ वर्षिय र ३ वर्षिय छोरा रहेको र एक ६ वर्षिय छोरी समेत रहेको पारिवारिक स्रोतले जनाएको छ ।
अत्यन्त नाजुक आर्थिक स्थिति भएको यादवकाे परिवार बिचलित भएकाे छ । दैनिक ज्यालादारी गरि गुजारा गर्दै आइरहेकाे वहाँकाे परीवारकाे लागि साहारा काेई नरहेकाे एक स्थानीयले वताए ।
तत्काल, दातृ संस्थाहरु अथवा नगरपालिकाबाट राहत स्वरुप केही सामग्री,नगदकाे ब्यवस्थापन गर्नु पर्ने अती आवश्यक रहेकाे स्थानीयहरुले बताएका छन ।
शारीरिकरुपमा अशक्त अपाङ्ग उनको परिवारमा श्रीमती र साना बच्चाहरु छन् । आर्थिकरुपमा विपन्न रहेको परिवारको दैनिक गुजारा उनैले चलाएका थिए ।