२०८१ असोज २८ गते मङ्गलवार

हिडेर नेपालका ७७ वटै जिल्ला पुग्ने अठोटका साथ ९ दिन मा दाङ तुल्सिपुर:पाध्या



हिडेर नेपालका ७७ वटै जिल्ला सदरमुकाम पुग्ने अठोटका साथ देश दौडाहामा निस्कनु भएका एक युवा दाङ तुलसीपुर आइपुग्नु भएको छ। गौरीगंगा नगरपालिका -४ कैलाली निवासी देवराज पाध्या ५ महिना ९ दिनमा आज दाङ तुलसीपुर आइपुग्नु भएको । देशका ७७ जिल्ला सदरमुकाम हिडेर कति समयमा पुग्न कति समय लाग्छ भन्नेकुरा सबैलाई थाहा होस भनेर नै आफु यात्रामा निस्किएको पाध्या ले जानकारी दिनु भयाे
७३ जिल्ला सदरमुकाम पुगेर आज शनिबार बिहान बाँके तर्फ प्रस्थान गर्नुभएका पाध्याले अब बाँके,बर्दिया,कैलाली र कंचनपुर जिल्ला सदरमुकाम पुग्न मात्र बाँकि रहेको बताउनु भयो। उहाँलाई पुर्ब मेची देखी पश्चिम महाकाली सम्म उल्टो हिडेर गिनिज बुकमा नाम लेखाइ सक्नु भएका दाङ तुलसीपुर ३ राणागाउँका ऋषि परियार, आज तुलसीपुरमा एक कार्यक्रम बिच बिदाइ गर्नुभएको छ

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार