२०८१ माघ २४ गते शुक्रवार

परियोजना सल्लाहकार समिति द्वारा समुन्नति डिजिटल फाईनान्स परियोजनाको कक्षा अवलोकन



भदाै ०७

त्रिवेणी गाउपालिका अन्तर्गतको स्थानीय परियोजना (सल्लाहकार) सुझाव समितिका पदाधिकारीहरू र समुन्नति डिजिटल फाईनान्स परियोजनाको संयुक्त टोलीले परियोजनाले गाउपालिका भित्र सञ्चालन गरिरहेको विभिन्न कार्यक्रमहरूको अनुगमन गरेको छ। यो कार्यक्रम पालिकाको वडा नं २, ३,४,७ मा सञ्चालन भैरहेको छ । यसै सन्दर्भमा टोलीले वडा नं. ३ गाउँटकुरा स्थित पल्लवी विद्धुतिय वितिय डिजिटल साक्षरता कक्षाको अनुगमन गरि कक्षाका सहभागीहरूसंग अन्तरक्रिया गरेको छ ।

सहभागीहरूले यस कक्षामा आफ्नो मोबाइल मार्फत विभिन्न विद्युतीय कारोबार गर्न सिकेको र यस कक्षामा सिकाईने विषयवस्तुकै कारण आफ्नो कृषि कर्म लगायतका आम्दानीहरू बाट अनावश्यक तथा फजुल खर्च घटाई वचत गर्नुपर्ने र यसरी गरेको वचत आधिकारीक संस्थाहरूमा सुरक्षित राखी विद्युतीय माध्यम बाट वित्तीय कारोबार गर्नु पर्छ भन्ने ज्ञान सिकेको कुरा बताउनुहुनुका साथै, बिजुली लगायतका शुल्कहरू आफैले घरमै बसेर तिर्न सिकिसकेको कुरा उल्लेख गर्नु भयो ।

परियोजनाले सहकारीको क्षमता विकासका लागि ल्यापटप लगायतका विभिन्न विद्युतीय उपकरणहरू सहयोग स्वरुप उपलब्ध गराएको छ भने सहकारीको सदस्यहरूलाई एस. एम.एस. सेवा उपलब्ध गराउन सहकार्य गरेको छ। हाल सहकारीले मोबाइल बैंकिङ्गको सेवा सुरु गर्न परिक्षण गरीरहेको छ। यसका साथै परियोजनाले सहकारीहरू संगको समन्वयमा आगामी दिनहरूमा यस कार्यकमका उपस्थित सहभागीहरुको संङ्ख्यामा वृद्धि गर्दै डिजिटल वित्तीय साक्षरता सम्बन्धित तालिम दिने योजना गरेको कुरा परियोजनाका बिमल झाले बताउनु भएको छ ,भने परियोजना र पालिका बिचको सहकार्यमा यस बर्ष पालिका भित्र वडा नं. २ नुवागाउ र वडा नम्बर ४ सिम्पानिका स्थानमा वाइफाइ हटस्पट बनाउने सहमति समेत भएको छ।
संयुक्त अनुगमन पछि परियोजनाको टिम र पालिका बिच त्रिवेणी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा बसि आगामी योजना तथा कार्यक्रमहरुको बारेमा छलफल समेत भएको थियो ।


हाल त्रिवेणी गाउँपालिकामा यस्ता १२ वटा कक्षाहरू सञ्चालनमा छन् जसमा २४८ जना सहभागी रहेका छन ।

अवलोकन कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी.,सुचना प्रविधि अधिकृत भरत डि.सी. , कृषि विकास अधिकृत जयन्द्र के.सी. , लगाएत परियोजनाका कर्मचारीहरु समेत रहनुभएको थियोे ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार