२०८० असोज ८ गते सोमवार

धादिङको छहरा नजिकै त्रिशुलीमा दुर्घटना हुँदा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु



भदौ ६

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको छ । गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।

यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ । दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन । बसमा काठमाडौं–बागलुङ–बेनी लेखेको मात्रै देखिएको छ ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ डिएसपी जयसवालले भने ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार