२०८१ असोज २८ गते मङ्गलवार

रुकुमबाट नेपालगंज जाँदै गरेकाे फोर्स गाडी सल्यानकाे कपुरकाेट नजिकै दुर्घटनामा



सल्यान, ४ भदाै । रुकुमबाट नेपालगंज जाँदै गरेकाे फोर्स गाडी सल्यानकाे कपुरकाेट नजिकै दुर्घटनामा परेकाे छ । लु २ ख ५७३१ नम्बरकाे फोर्स गाडी केहिबेर अगाडी कपुरकाेट नजिकै राप्ती राजमार्गमा दुर्घटनामा परेकाे हाे । इलाका प्रहरी कार्यालय लुहामकाे प्रहरी चेट प्वाइन्टमा इन्ट्री भएअनुसार गाडीमा चालकसहित १६ जना सवार रहेका थिए ।

गाडी सडकबाट करि २ सय मिटर तल खसेकाे प्रहरी चाैकी कपुरकाेटले जनाएकाे छ । दुर्घटनामा ठुलाे हाताहाती भएकाे र अहिले घाइतेहरुकाे उद्दार भैरहेकाे प्रहरीकाे भनाइ छ । अहिले प्रहरीले घटनास्थलमा उद्दार गरिरहेकाे र घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार