२०८१ माघ ५ गते आइतवार

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ८ की एक महिला करेन्ट लागेर मृत्यु



रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ८ की एक महिलाको घर पोत्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

वडा नम्बर ८ स्यालापाखकी प्रतिक्षा बुढा पुन लाई शुक्रबार घर पोत्ने क्रममा करेन्ट लागेर घाईते हुनुभएको थियो घाइते पुन लाई उपचार का लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम मा लगिएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक प्रतीक्षा लाई घरको भित्ता पोत्ने क्रममा बिद्युत लाईन सट भएर उहाँलाई करेन्ट लागेको बताइएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार