२०८२ बैशाख ५ गते शनिवार

पार्टिमा नयाँ पुस्ताकाे उपस्थिति अनिवार्य :घनस्याम पाण्डे




तुलसिपुर , भदाै २ ,
नेकपा एमालेका केन्द्रिय सदस्य घनस्याम पाण्डेले पार्टिमा नयाँ पुस्ताकाे उपस्थिति अनिवार्य रहेकाे बताउनु भएकाे छ ।
तुलसीपुर उपमहानगर कमिटीको आयोजनामा आज तुलसिपुरमा भएकाे पार्टी सदस्यहरुकाे भेलालाई सम्बाेधन गर्दै नगर ईञ्चार्ज समेत रहनुभएका पाण्डेले जनताका काममा जुट्न नेता कार्यक्रताहरुलाई आग्रह समेत गर्नुभयाे ।
त्यसै केन्द्रिय सदस्य काेमल वलीले देश विकसकाे स्पष्ट भिजन एमाले संग मात्र रहेकाे बताउनुभयाे । केन्द्रिय सल्लाहकार ढुण्डिराज लामिछानेले पार्टि कार्यक्रताहरु अनुशासित र रचनात्मक हुनुपर्नेमा जाेड दिनुभयाे । पार्टिका जिल्ला अध्यक्ष हुकुम बस्नेतले पार्टिका नेता कार्यक्रता र जनप्रतिनिधिकाे सम्वन्ध सपाट हुनुपर्नेमा जाेड दिनुभयाे ।
नगर कमिटिका अध्यक्ष माधव वलीकाे अध्यक्षमा भएकाे भेलामा नगर ईञ्चार्ज मान बहादुर रावतले विषय प्रवेश गर्नुभएकाे थियाे । यहि भदाै १६ र १७ गते हुने लुम्विनि प्रदेशकाे अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनाेटकाे तयारीका लागी भएकाे भेलाले संगठन विभाग प्रमुख स्याम डागी संयाेजक रहेकाे प्रतिनिधि छनाेट सहजिकरण समिति समेत गठन गरकाे छ । समितिमा िजल्ला सचिवालय सदस्यहरु मेघराज भुसाल ,मान बहादुर रावत, विजय विक र सुसिला न्याैपाने रहनुभएकाे छ ।
भेलाले यहि भदाै ७ गते तुलसिपुरका सम्पुर्ण वडाहरुकाे वैठक बस्ने र ९ गते दाेघरे सभाहलमा पार्टि सदस्यहरुकाे उपस्थितिमा प्रतिनिधि छनाेट गर्ने निर्णय गरेकाे छ । भेलाकाे सहजीकरण नगर सचिव रुपबहादुर खत्रीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार