२०८१ माघ २७ गते सोमवार

तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल ओली निलम्बन



तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल ओली निलम्बनमा परेका छन् ।
तत्कालिन उच्च मूल्य कृषि विकास आयोजना सुर्खेतमा लेखा अधिकृत हुँदा भ्रष्टाचार गरेको उजुरीका आधारमा निलम्बनमा परेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माणको काम गर्दा विषय विज्ञबाट प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी गुणस्तरहीन कामलाई गुणस्तरयुक्त काम गरेको भनि प्रमाणित गरेको बिषयमा उनिसहित १६ जना निलम्बनमा परेका हुन् ।ओलीले ३ लाख ५३ हजार २ सय ४ रुपैया हिनामिना गरेको आरोप लागेको छ । गएको साउन २५ गते अख्तियारको टोलीले अनुसन्धान गर्दा भष्ट्राचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको प्रवक्ता दाहालले बताउनुभयो । उनिहरुले ९२ लाख ४३ हजार २ सय ९८ रुपैयाँ बिगो बराबरको सरकारी सम्पती हानि नोक्सानी गरी भ्रष्टाचार गरेको खुलेको बताएको छ तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले आफु बाहिर भएको बेला यस्तो घटना भएकोले ओलीको बारेमा जानकार नभएको भन्दै सुचना दिन आनाकानी गर्नु भएको छ । उहाँले यस्ता समाचार किन लेख्न भन्न पर्‍यो ? भन्दै पुष्टी नै नभएको बताउनुभयो । तर वलीलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले नै निलम्बनमा परेको जनाएको छ ।उपमहानगरपालिका अनुसार ओली गत साउन २६ गतेदखि कार्यालयमा उपस्थित भएका छैनन् । उनी २०७९ बैशाख २२ गतदेखि तुलसीपुर उपमहानगरपालिकामा हाजिर भएको उपमहानगरपालिका सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार