
विनोद मण्डल,
साउन २३
सिराहाको धनगढीमाई १२ को पासवान बस्तीको पानी निकास नहुँदा घरमा क्षति पुग्ने अवस्था रहेको देखिन्छ ।
स्थानियहरुले पानीको पछिमी र सडकको पूर्वी निकास थुनेर बन्द गर्दा पानी जमेको अवस्था रहेको देखिन्छ ।
माटोको घर भएको उक्त बस्तीबाट पानीको निकास नहुँदा पानी पोखरीझैं जम्मा भएर स्थानिय घरको भित्ताहरू भत्किने सम्भावना बढेको अवस्थामा स्थानिय निकायको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ ।
स्थानियले घरमा क्षति पुगेको बारेमा पानीको निकासको बारेमा कुरा गर्दा लाठी र बलको कुरा गर्दै आएका हैकम बादीहरुको पर्दाफास गर्दै स्थानिय सरकारले कानूनी दायरामा ल्याउनका लागि पाईला अगाडि बढाउन जरुरी रहेको देखिन्छ ।
प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार