२०८१ माघ २४ गते शुक्रवार

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु



साउन २१

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ ।
मृतक सबै नेपालगञ्जका हुन् । नेपालगन्जस्थित त्रिभुवनचोकका एसकुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा र छोरी, दिनेश गुप्ताको छोरा, बुहारी र दुई बच्चाको मृत्यु भएको हाे ।
कार चालकको उपचार भइरहेको छ  । शनिबार राति छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।
कारमा सन्तोषकुमार गुप्ताको श्रीमती सीता पनि गएकी थिइन् । उनी बलरामपुरमा झरेको आफन्तले बताएका छन् ।
घटना थाहा पाएलगत्तै नेपालगञ्जबाट आफन्तहरू श्रावस्ती गएका छन्

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार