२०८१ माघ २७ गते सोमवार

थर्ड आई नेपाल का युवा हरुले तुल्सिपुरमा २८ पिन्ट रगत रक्तदान



२०८० श्रावण २०
तुलसीपुर , दाङ
युवाहरू मिलेर समाजमा केही सकारात्मक परिवर्तन ल्याउनु पर्छ भन्ने सोच बोकी नेपाल सरकार , समाज कल्याण परिषदको र जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा २०७९ श्रावण २० गते यो थर्ड आई नेपाल नामक संस्था दर्ता गरिएको संस्थाका सचिव सन्तोष लामिछानेले बताउनु भएको छ । संस्थाले महिलाहरुको लागि आत्मसुरक्षा तालिम , बलात्कार र महिला हिँसा विरुद्ध राष्ट्रिय जनचेतना अभियान चलाई र नियमित रुपमा रक्तदान कार्यक्रम गरिएको जानकारी संस्थाका उपाध्यक्ष प्रतिज्ञा भण्डारीले बताउनु भएको छ ।
संस्थाको बार्षिकोत्सव रहेकोले आज मिति २०८० श्रावण २० गते तुलसीपुरमा रहेको रेडक्रस सोसाइटीको रक्तसञ्चारमा २८ पिन्ट रगत युवा हरुले रक्तदान गरेको संस्थाका अध्यक्ष बसन्त गिरीले बताउनु भएको छ भने रक्त अभावका कारण कुनै पनि व्यक्तिको ज्यान जोखिममा रहनु हुँदैन भन्ने धारणा संस्थाका कोषाध्यक्ष रेशम नेपालीले अभिव्यक्ति दिनु भएको छ। युवा हरुलाई समाज प्रति कसरी जिम्मेवार बन्ने र युवाहरुको के दायित्व रहनु पर्छ भनी संस्थाका सह सचिव शोभा अधिकारीले जानकारी दिनु भएको छ । समाजमा आमूल परिवर्तन ल्याउन अन्य विभिन्न कार्य लगायत नियमित रक्तदान कार्यक्रम पनि हुने भएको प्रतिबद्धता संस्थाका सक्रिय सदस्य सुष्मा खड्काले जानकारी दिनु भएको छ

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार