२०८० फाल्गुन ९ गते बुधवार

गुल्मीमा घाँस काट्ने क्रममा लडेर ३६ वर्षकी फुलकुमारी नेपालीको मृत्यु



१८ साउन

गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए । हामीलाई जानकारी दिनु भएको छ

फुलकुमारी बिहीबार बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । उनी भिरबाट लडेर करिब १५० सय मिटर तल खसेको प्रहरीले जनाएको छ
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको जानकारी दिनु भयाे ५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार