२०८१ बैशाख ९ गते आइतवार

रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको ज्यान गयो



रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । जिल्लाको गंगादेव गाउँपालिका ५ लोदचौरका करिब ६५ बर्षिय फौदबहादुर बुढामगरको खोलाले बगाउदा ज्यान गएको गंगादेव ५ का वडाध्यक्ष अमृत बुढाले जानकारी दिएका छन ।

आज दिउसो करिब ३ बजेको समयमा लोदचौर नजिकै खोलाले बगाएर ल्याएको अबस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानियको टोलीले शवलाई पानीबाट निकालेर पहिचान गरेको अध्यक्ष बुढाले जानकारी दिए ।

मृतक फौदबहादुरको घर नजिकै खोला रहेकोले खोला तर्ने क्रममा बगाएको हुन सक्ने प्रहरीले प्रारभिक अनुमान गरेको छ । पाखापानी प्रहरी चौकीका असई योगेन्द्र कुमार पुनको कमान्डमा खटिएको प्रहरीको टोलीले थप अनुसन्धान भैईरहेकाे बताउनु भएको छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार