२०८२ बैशाख ७ गते सोमवार

तुलसीपुर उपमहानगरपालिका –३ स्थित भैरव सामुदायिक वन उपभोक्ता समुहले शिब मन्दिर वरिपरि वृक्षारोपण



तुलसीपुर, ८ असार । वन्यजन्तु संरक्षण संघ नेपालको सहयोगमा तुलसीपुर उपमहानगरपालिका –३ स्थित शिव मन्दिरमा वृक्षारोपण गरिएको छ । भैरव सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत पर्ने शिव मन्दरिमा टिक, बुकाइनु, हर्रो, बर्रो लगायत विभिन्न प्रजातिका ५ सय बढी बिरुवाहरू रोपिएको स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महताराले जानकारी दिनुभयो वृक्षारोपन कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले डब्लु सीएनले कार्यक्रम मार्फत जनतालाई स्थानीय सरकारसँग जोडनका लागि पुलको काम गरेको बताउनुभयो । डब्लु सीएनले वातावरण संरक्षण, वायोग्याँस उत्पादनसँगै आयआर्जनका महत्वपूर्ण काम अघि सारेको बताउँदै स्थानीय सरकारको तर्फबाट आफूहरू हरबखत सहयोग गर्न तयार रहेको नगर प्रमुख खड्काले बताउनुभयो

त्यसैगरी कार्यक्रममा वन्यजन्तु संरक्षण संघ नेपालका डाइरेक्टर सञ्जीवनी योञ्जनले स्वास्थ्य र वातावरणका लागि समेत दाउराको प्रयोग उपयुक्त नभएकाले यसलाई घटाउन वायो ग्यासलाई २ सय बाट बढाएर ४ सयमा लैजानु पर्नेमा जोड उहाँले दिनुभयो ।
छिटो भन्दा छिटो प्रतिफल दिने बोट बिरुवाहरू रोप्नु पर्ने बताउँदै डाइरेक्टर योन्जनले पहिरोका जोखिम रहेको ठाउँमा अबको वृक्षारोपणलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो । भैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण डाँगीको अध्यक्षतामा भएको वृहत वृक्षारोपन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटा, जिआइ जेटका प्राविधिक सल्लाहकार विनोद शर्मा, उर्जा विज्ञ लक्ष्मण पुञ्जाली, तुलसीपुर उपमहानगरपालिका– ३ का वडा अध्यक्ष विजय बिक, सामुदायिक वनका संस्थापक अध्यक्ष खेमराज महतारा लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार