२०८१ असोज २८ गते मङ्गलवार

एनआरएनए पोर्चुगल चुनाव :उर्जावान युवा शिवसागरले दिए उपाध्यक्ष पदमा उम्मेदवारी



एनआरएनए पोर्चुगल चुनाव :उर्जावान युवा शिवसागरले दिए उपाध्यक्ष पदमा उम्मेदवारी विगत केही बर्षदेखि पोर्चुगलमा बस्दै आएका शिवसागर बुढाथोकी आमपोर्चुगलबासी नेपालीमाझ लोकप्रिय नाम हो।निर्विवादित र सरल युवा बुढाथोकी विशेषगरि युवाहरुको पहरेदारका रुपमा अगाडि आएका छन्।


पोर्चुगल हरेक नेपालीलाई समस्या पर्दा हातमा हात र काधमा काध मिलाउनु पर्छ भन्ने सिद्धान्तका हिमायती शिवसागर योग्य र अनुशासित उम्मेदवारका रुपमा विश्लेषण गरिएको छ।
पोर्चुगलको लिस्वनमा एक नेपाली तथा इन्डियन खानामा अधारीत जुजु होटल संचालन गर्दै आएका छन्।बुढाथोकी भन्छन् :यदि म एनआरएनए चुनावमा उपाध्यक्षको रुपमा निर्वाचित भएको खण्डमा कम्तीमा पनि पोर्चुगलमा एनआरएनए छ है भन्ने आभास दिलाउने काम हुनेछ।
एनआएअएनए प्रती वितृष्णालाई हटाउने मेरो पहिलो पहल रहने छ।राजनीतिक आस्थाका आधारमा हैनकि व्यक्तिको योग्यता र समाजप्रतिको योगदानका आधारमा सबैको साझा र विश्वासयोग्य सस्था बनाउने मेरो प्रयास रहने छ।
यस मुद्दा र सिद्धान्तका आधारमा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु। पोर्चुगलवासी सम्पूर्ण नेपालीहरुलाई योग्य उम्मेदवार छनोट गर्न विशेष अपिल गर्दछु।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार