
तुलसीपुर ९ रहेकाे अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा भएको आर्थिक अनियमिता छानविन गर्न उपमहानगरले समिति बनाएको छ । संस्थाका पदाधिकारीले नै नियम विपरीत लाखौं रुपैया झिकेर अनियमिता गरेको भन्दै उपभोक्ताले संस्थामा ताला लगाएका छन । उपभोक्ताले उक्त समितिलाई निलम्बन गरि छानविनको माग गर्दै आज पनि विरोध र्याली निकाले थिए । उनिहहरुको र्याली उपमहानगर सम्म पुगेका थियो ।


यसैविच उपमहानगरको कार्यपालिका बैठकले आज छानविन समिति बनाएको छ । सामाजीक विकास समितिका संयोजक मान बहादुर रावतको संयोजकत्वमा एक समिति बनाएको छ । बैठकले हाल संस्थाको खाता रोक्का गर्ने निर्णय समेत गरेको कार्यपालिकाका एक सदस्यले जानकारी दिए । संस्थाका कोषाध्यक्ष केशव बहादुर वलीले मात्रै १५ लाख बढि झिकेर चलाएका छन । उनले विभिन्न मितीमा संस्थाको १५ लाख ५८ हजार रुपैया लिएका छन । यस्तै सचिव दशरथ वलीले पनि २ लाख ५६ हजार ९ सय रुपैया संस्थाबाट झिकेर चलाएका छन । उनले गत माघ र चैतमा उक्त रकम लिएका हुन । त्यस्तै अध्यक्ष चन्द्रकान्त खरेलले पनि २ लाख ३५ हजार लिएका छन ।