२०८१ माघ २७ गते सोमवार

ओलम्पिक डे को अबसरमा फुटसल प्रयियोगिता



रोशन क्षेत्री

असार ८, दाङ,/ दाङको तुलसीपुरमा ओलम्पिक डे को अबसरमा फुटसल प्रतियोगिता गरिएको छ । तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको लेेजेन्ड फुटसल मैदानमा प्रतियोगिता सम्पन्न भएको हो ।

ओलम्पिक डे २०२३ को अवसरमा भएको
उक्त फ्रेण्डशिप फुटसल प्रतियागितामा तुलसीपुर बैंकर्स र ज्ञान ज्योति कलेज का शिक्षकहरु बिच मैत्रीपूर्ण खेल भएको थियोे । जसमा बैंकर्सको टिमले ९ गोल गरेर भने शिक्षहरुले मात्र ५ गोल फर्काउन सफल भएका थिए ।

लुम्बिनी ओलम्पिक कमिटीका अध्यक्ष योगेस मल्ल को प्रमुख आतिथ्यतामा तथा दाङ जिल्लाका फुटबल संगका उपाध्यक्ष पवन योगी , डिलाइट ग्रुप तथा राप्ती माइनिङका सि इ ओ मोहन भण्डारी र राप्ती लाइफ केयर हस्पिटल का एम डि जीवन भण्डारी को विशेष उपस्थित रहेको थियो भने कार्यक्रम संचालन मनोज कुमार केसी ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार