२०८१ माघ २४ गते शुक्रवार

सुनौलो हजार दिनका आमाहरुलाई बाख्रा वितरण



“समृद्ध गाउँपालिका, कुपोषण मुक्त बालबालिका”
बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमा बच्चालाई बाख्रा वितरण कार्यक्रम त्रिवेणी गाउँपालिका श्रदय अध्यक्ष कर्ण बहादुर बाँठा मगरको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग तथा कोपिला महिला वचत तथा ऋण सहकारी संस्था तिला , रोल्पाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।


कार्यक्रममा बोल्दै अध्यक्ष कर्ण बहादुर बाँठा मगरले
सुनौलो हजार दिनका आमाहरूलाई यस्तो सहयोग महत्त्वपूर्ण भएको बताउँदै यसको सही रूपमा सदुपयोग गर्न आग्रह गर्दै सहयोग थोरै भए पनि कुपोषणको शिकार भएको आमा तथा शिशुको पोषणमा सुधार ल्याउन यसबाट मद्दत पुग्ने विश्वस व्यक्त गर्नुभएको छ ।


त्रिवेणी गाउँपालिका वडा नं. ७ का सुनौलो हजार दिनका २५ जना आमाहरूलाई दुई -दुई वटा बाख्रा वितरण गरिएको छ ।
कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर , ७ नं. वडा अध्यक्ष भान बहादुर घर्ती , कार्यपालिका सदस्य सम्झना तिरुवा,वडा सदस्यहरु निर्मल वली , तेज कुमारी डाँगी , याम बहादुर बस्नेत , त्रिवेणी गाउँपालिका पोषण सहजकर्ता सुरेश डाँगी , विभिन्न राजनीति दल का प्रमुख तथा प्रतिनिधि , शिक्षक , आमा समूह , महिला स्वास्थ्य स्वयम सेविका , टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि , सहकारी संस्थाका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार