२०८१ साउन ६ गते सोमवार

दाङमा शुक्रबार भएको जीप दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।



दाङमा शुक्रबार भएको जीप दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

जीप दुर्घटना अप्डेट: घाइते थप १ जनाको मृत्यु, ५ जनाको आइसीयूमा उपचार हुदै 3
जीप दुर्घटना अप्डेट: घाइते थप १ जनाको मृत्यु, ५ जनाको आइसीयूमा उपचार हुदै 4
दुर्घटनामा परी गम्भिर घाइते सल्यान छत्रेश्वरी गाउँपालिकाका २८ वर्षीया गिता बिकका ८ बर्षका छोरा पदमको आइतबार बिहान १० बजे नेपालगञ्ज नर्सिङ होम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गएको शुक्रबार तुलसीपुरबाट रोल्पाको ओततर्फ जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर–३ लाहुरेचौरको श्रीखोलामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी गाडी चालक रोल्पाको गंगादेव गाउँपालिका–१ ओतका ३२ वर्षिय बिष्णु बहादुर पुनमगरको प्रादेशिक अस्पताल तुलसीपुरमै उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै बिकको ६ वर्षीया छोरी तनियाँ बिक, तुलसीपुर उपमहानगरपालिका– १५ का ३३ वर्षीय खुसिराम चौधरी, भारत बंगाल कलकत्ता घर भई हाल तुलसीपुर बस्ने बस्ने ३० बर्षको साद्दाम हुसेनलाई नर्मल वार्डमा सारिएको छ ।

रोल्पा गंगादेव गाउँपालीका १ बिबाङका २३ वर्षीय पलमान ओली, ३२ वर्षीय गौसरा ओली, २० वर्षका रिता डाँगी, रोल्पा गंगादेव गाउँपालिका १ ओतका ४२ वर्षका दिल बहादुर ओली र गिता बिकको आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार