२०८० फाल्गुन ९ गते बुधवार

प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु



२९ जेठ, प्युठान

प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका -४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ र
१ जनाकाे सनाखत हुन बाकि

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार