२०८० असोज ८ गते सोमवार

महिलालाई आत्मरक्षा तालिम




अमृत वली <_____रोल्पा
२५ जेठ २०८०
नवप्रवर्तन साझेदारी कोष अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम- PLGSP), लुम्बिनी प्रदेश र त्रिवेणी गाउँपालिका, रोल्पाको साझेदारीमा सञ्चालित अबका महिला: उम्दा महिला परियोजना अन्तर्गत लैंगिक हिंसा , महिला हिंसा, तथा कार्यस्थलमा हुने हिंसा न्यूनीकरण तथा आत्मरक्षा सम्बन्धि ३ दिने अभिमूखिकरण तथा आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

तालिमको त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले समापन गर्नु भएको हो । कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले महिलाहरूलाई आत्मरक्षाको ज्ञान र सीप प्राप्तगर्न तालिम उपयोगी हुने बताउनुभयो। आत्मरक्षा तालिमले महिला हिंसा र दुव्र्यावहारका घटना नियन्त्रणमा सहयोग पुग्ने मगरले बताउनुभयो।
तालिममा सहभागी महिलाहरुको तर्फबाट बोल्दै एक महिलाले महिला हिंसाबाट बच्न , हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने ,महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा अब आफुहरु सचेत भएको र त्यसको प्रतिवाद गर्न पनि तयार भएको कुरा उल्लेख गर्दै महिला हिंसा र महिलाहरूलाई दुव्यवहार गर्नेहरू विरुद्ध कडा भन्दा कडा सजायदिने कानूनीव्यवस्था गर्न आबश्यक रहेको उहाको भनाई छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लेखमणि डागि, सहायक महिला विकास निरिक्षक हिरा बुढा पुन, पालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
तालिम २ चरणमा सञ्चालन भएको हो तालिममा त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानबाट पहिलो चरण र दोस्रो चरण गरि करिब २०० जना भन्दा बढी महिलाहरु सहभागि भएका थिए।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार