२०८१ बैशाख ६ गते बिहिवार

रुकुम पश्चिममा जिप दुर्घटना, ४ जनाकाे मृत्यु, ११ जना घाइते



जेठ ११,रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ । बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाईते भएको बताईएको छ ।

सानीभेरी गाउँपालिकाको वडा नम्वर ५ मेलचौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।

घटनास्थलमा रहनुभएका सानिभेरी गाउँपालिका -६ का डिल बहादुर केसीका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका ८ की रेखा खत्री र उहाँको छोराको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परेर एघार जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको  लागि जिल्ला अस्पताल सल्ले पठाईएको छ ।

दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार गाडि उकालोमा व्याक भएर ब्रेक नलागेपछफ दुर्घटना भएको प्रत्येक्ष दर्शीको भनाइ छ ।  जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार