२०८१ असार ३० गते आइतवार

देउखुरीमा बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु



देउखुरीमा शुक्रबार बिहान साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन । सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन । लमहीबाट भालुवाङ तर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्ज बाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका -३ फल्कापुरमा दुबै बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार