२०८१ बैशाख ४ गते मङ्गलवार

दाङमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु



बैशाख २९

दाङमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १४ निवासी बिनोद चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो ।
तुलसीपुर १४ गोठ्वाबाट ग्वारखोलातर्फ जादै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट गोठ्वा नजिकै आज बिहान साढे ११ बजेको समयमा चौधरी खसेको प्रहरीले जनाएको छ । ट्याक्टरलाई नियन्त्रणमा लिएको र घटनापछि फरार भएका चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार