२०८२ बैशाख ७ गते सोमवार

गण्डकीमा मनाङेसहित ४ मन्त्री नियुक्त, आज ४ बजे शपथ हुने



बैशाख

२९

गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ । बताउनु भएकाे छ

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार