
सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुल्सिपुर उप–महानगरपालिका ७ का १८ वर्षीय राजु रावत रहेका छन् ।
उनलाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको र चेकजाँचका क्रममा जुत्तामा मेघाश्रीको खोल्सो भित्र लागुऔषध लुकाई राखेको भेटिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट २१० मिलि ग्रा.म लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ
प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार