२०८२ बैशाख २९ गते मङ्गलवार

जापानको ओकिनवामा एक जना तुल्सिपुरका  विद्यार्थीको असामयिक निधन



चैत १९
टोकियो/जापान
जापानमा आज फेरि एक जना नेपाली विद्यार्थीको असामयिक निधन भएको छ ।

ओकिनवाबाट एनआरएनए जापान ओकिनवा क्षेत्रीय संयोजक ज्ञानु भट्टले जनाए अनुसार, सन २०२२ मा(कोभिड सिमा खुकुलो भएपश्चात)जापानमा अध्यायनका लागि आएका नेपाल दाङ, तुल्सीपूर घर भएका खिम बुढामगरको असामयिक निधन भएको हो ।
जापानी भाषा अध्ययनरत खिम,आफु बस्ने गरेको होस्टेलमा मृत अवस्थामा भेटिएका हुन् ।घटनाको प्रकृति हेर्दा,उनले आफैँले ज्यान लिएको हुनसक्ने सम्भावना रहेको छ। संयोजक भट्टका अनुसार,घटनाको छानबिनका लागि शवलाई अहिले प्रहरीले लिएर गएको र रिपोर्ट आउन एक साता जति लाग्नेछ ।
हाल,नेपालमा रहेका परिवारका सदस्यहरुलाई घटनाको बारेमा जानकारी गराईएको र अब परिवारसंग सल्लाह अनुसार आवश्यक प्रकृया अघि बढाईने बताईएको छ ।
ज्ञानु भट्टले जानकारी दिनु भयाे


प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार