२०८० चैत्र १५ गते बिहिवार

जाल्पा लघुवित्तीय संस्था द्वारा ब्यासायिक तरकारी खेती तालिम सम्पन्न



जाल्पा लघुवित्तीय वित्त संस्था लिमिटेड शाखा कार्यालय जुगार रोल्पाले ब्यासायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।
संस्थाको आयोजनामा संस्थाद्वारा गठन गरिएकका विभिन्न शाखा केन्द्रहरुका महिला दिदिबहिनी सदस्यहरुलाई त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा १ दिने ब्यासायिक तरकारी खेती तालिम दिईएको हो ।
जाल्पा सामुदायिक लघुबित्त वित्तीय सस्थाको आयोजना र त्रिवेणी गाउँपालिका ४ नम्बर वडा कार्याल सिम्पानीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
वडाका विभिन्न केन्द्रका ४० जना सदस्यहरुको उपस्थितिमा अनुगमन कार्यालय घोराहीका कृषि प्राविधिक जानकी नेपाली र लुहामका पशु प्राविधिक युबराज सुनारले प्रशिक्षण गर्नु भएको थियो ।
भने यसै कार्यक्रममा वडाका किसान सदस्यहरुलाई व्यावसायिक तरकारी खेती र पशु ब्यबासय र उद्यममा कुन्नै समस्या आएमा प्राविधिक तथा आर्थिक लागनी गर्न सधै साथमा हुने जुगार शाखाको कनिष्ठ अधिकृत नम बहादुर के. एमले बताउनुभयो ।

त्रिवेणी गाउँपालिका–४ चक्रीमा संस्थाबाट गठित केन्द्र नम्बर १७ चक्रि केन्द्रका केन्द्र प्रमुख बिमला घर्तिको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथीमा त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष गंगा प्रसाद घर्ती, विशिष्ट अथितिमा वडा सचीव देबराज खत्रि, पशु प्राबिधिक गोबिन्द के.सि.,संस्थाका शाखा प्रबन्धक नम बहादुर के.एम, संस्थाका अनुगमन कार्यालय लुहामका उद्यम विकास अधिकृत युवराज सुनार लगाएत अन्य सदस्यहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।
यस कार्यक्रममा वडाका पशु प्राविधिकले गाउँ घरमा पुरानो प्राविधिमा तरकारी खेती र पशु- पालन गर्दै आएकाले किसानले धेरै उत्पादन गर्न नसकेको समस्या बतानुभयो भने वडा अध्यक्ष घर्तीले वडामा तरकारी उत्पादन भए पनि बजारीकरणको समस्याले गर्दा किसानले बढी भन्दा बढी फाइदा लिन नसकेको उल्लेख गर्नुभयो ।
बजारीकरणको लागी आफुले सक्दो पहन गर्ने बताउनुभयो । लुहाम कल्स्टरमा रहेर जुगार शाखाले बिगत सात बर्ष देखि बितिय कारोबार सेवा तथा कार्यक्रम गर्दै आएको बारे कार्यक्रमको उद्देश्य र महत्त्व र स्वागत मन्तव्य शाखा प्रबन्धक नम बहादुर के. एमले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जुगार शाखाको कनिष्ठ सहायक तुल्सिराम ओलिले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार